जसपाको मधेस प्रदेश समिति भंग, पुर्नगठन गर्ने तयारी

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समिति भंग गरी पुनः गठनको सम्पूर्ण अधिकार केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

Advertisement

जसपाको मधेस प्रदेश कार्य समितिको शुक्रवार बसेको बैठकले जसपाको विधान २०८० अनुसार पार्टीको मधेस प्रदेश समिति पुनः गठनको लागि सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको हो।

अध्यक्ष यादवको नेतृत्वमा गठित प्रदेश समिति पुनः गठन समितिमा मधेस प्रदेश इञ्चार्ज मृगेन्द्र यादव तथा सह इन्चार्जहरु आत्माराम साह, उर्मिला साह र सांसद दीपक कार्कीलाई सदस्य राखिएको छ । वर्तमान ७७ सदस्य रहेको मधेस प्रदेश कार्य समितिलाई ५१ सदस्य तथा १५ जना पदाधिकारी रहेकोमा त्यसलाई ९ मा झार्नेगरि पार्टीको प्रदेश समिति पुनः गठन गर्न लागिएको बताइएको छ । त्यसैगरि, ७ जना उपाध्यक्ष रहेकोमा अब गठन हुने कार्यसमितिमा ३ तथा सचिव ५ जना रहेकोमा अब ३ जना मात्र रहने बताइएको छ ।

त्यसैगरि, अब गठन हुने मधेस प्रदेश कार्य समितिमा एक अध्यक्ष, ३ उपाध्यक्ष, १ प्रमुख सचिव, ३ सचिव र १ कोषाध्यक्ष गरी समितिमा ९ जना मात्रै पदाधिकारी सहित ५१ सदस्य रहने प्रदेश कमिटीका एक सदस्यले बताए । पार्टीको नयाँ बिधानको अनुच्छेद ८ को धारा १४६ अनुसार नयाँ कार्य समिति गठन गर्न लागेको उनले बताए । साभार jyoti dainik

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box