वीरगञ्ज । बंगालादेशमा चिकित्साशास्त्र अध्यन गर्नेमा बिहेबारि ६ बर्ष बर्षसम्म सगै जिवन बिताएकी एक बग्लादेशी महिला आफनो श्रीमान खोज्दै अहिले वीरगञ्जमा पुगेकी छिन ।
बारा उपमहानगरपालिका कलैया वडा नम्बर २० हाल वीरगञ्ज महानगर पालिका छ्पकैयामा बस्दै आएका तथा नारायणी अस्पतालको बिमा फाटमा कार्यरथ डा.जफर इमाम ति महिलाको श्रीमान रहेको बुझिएको छ । हाल आरोपीत बन्नेका डाक्टर प्रहरी लगाएत कसैको सम्पर्कमा छैन ।
हामीलाई प्राप्त जानकारी अनुसार डा. ईमाम बग्लादेशमा अध्यणको क्रममा सोही देशकी एक युवतीसंग १ बर्षसम्म प्रेमसम्बन्धमा बसि सन २०१८ मा बग्लादेशका धार्मीक स्थल काजी कार्यालय बिहे गरीसगै ६ बर्षसम्मसगै बस्दै आएका थिए ।
काजी कार्यलयका प्रमुख समेत रहेका फतेमा तुजेहरा सग जाफर इमामले मुस्लिम धर्म अनुसार बिवाह उनको बिहे गराएका थिए । जुन सबै कागजात प्रहरीसंग रहेको छ ।
डा. ईमाम ईनम मेडिकक कलेज एण्ड होस्पीटलमा अध्यणरथ हुदा ती युवतीले अज्जाज निजानु रहमान कृषी कलेजमा ब्याचलेरमा अध्यणरथ रहका थिईन ।
दुबैजनासंग सार्वजनिक बसमा सन २०१७ मा भेटघाट भएको थियो । यात्रा गर्ने क्रममा डा. ईमामले आफनो मोवाईल बन्द भएको भन्दै ति युवतीको मोवाईल प्रयोग गरि अर्का साथीसंग कुरा गरेका थिए ।
त्यसपछि डा. ईमाम तथा ती युवतीसंग सम्बनध जोडिएको स्रोतले बताएका छन । स्रोतका अनुसार डा. ईमाम चिकित्साशात्र पास गरेपनि सोही कलेजमा अध्यपान गराउदै ति युवतीसंग बस्दै आएका बताएका थिए ।
बिहेवारी गरिसंगै बस्दै आएका ति युवतीसंग डा. ईमामका अन्य परिवारसंग दैनिक कुरा हुदै आएको र चाडै नेपाल आउने प्लान गर्दा लकडाउनको शिकारमा दुवै जना परे ।
आर्थीक मन्दिको चपेटामा फसेका दुवैजनाको परिवार चाडै घर फकर्ने गरि लकडाउन पछि डा. ईमाम परिवारसंग भेटन नेपालमा आएका थिए ।
दैनिक ती युवतीसंग सम्र्पकमा रही वीरगञ्जमा काम गरिदै आएका डा. ईमाम अर्का केटीसंग नेपलामा पुन बिवाह गरेका थिए ।
यता डा. ईममाले घरमा पुगेपछि अर्का केटीसंग बिहे गरेको घटना बग्लादेशी युवतीलाई डाक्टर ईममाका साथीबाट थाहा पाउदा ति युवतीले डाक्टरसंग सम्पर्क गरि २०२३ अप्रिलमा वीरगञ्ज पुगेका थिईन ।
वीरगञ्जमा पुगेकी ती युवतीलाई डाक्टर ईमामले आफनो घर नलगी बसर्पाकको होटल बेलकममा एक हप्तासम्म राखी फिर्ता पठाएको स्रोतले बताएका छन ।
स्रोतका अनुुसार नेपालमा दोस्रो पटक आएकी ती युवती अहिले ठुलै लगेजका साथ वीरगञ्ज पुगेका छिन । ३ दिन अघि नेपाल आएकी ती युवती हिजोमात्र जिल्ला प्रहरी कार्यलयमा पुगेपछि घटना बाहिरीएको हो ।
हाल ती युवतीले घटना विवरणसहित रितपुर्वक निबेदन पर्सा प्रहरीलाई दिएपछि प्रहरीले डा. ईमामलाई खोजी रहेका छन । तर हाल ति डाक्टर फरार रहेको बुझिएको छ । डाक्टर ईमामसंग हाल दुई सन्तान रहेका छन ।