जितपुर सिमरा ३ का वडाध्यक्ष तारा कार्की ५ लाख घुससहित पक्राउ

बारा २ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ का वडाध्यक्ष तारा कार्की सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिदै गर्दा हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरीएको छ । वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Facebook Comments Box

समन्धित समाचार