राजा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा विवादपछि, कञ्चनपुरले निषेधाज्ञा जारी

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

Advertisement

महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो।

‘सालिक पुनःस्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखियो’, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको हो।’

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box