ओलीमाथि धनकुटामा लेगुवाका महेशद्वारा मुक्का प्रहार ।

धनकुटा २८ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा आक्रमण प्रयास भएको छ। भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका अध्यक्ष ओलीलाई एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए।

Advertisement

अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका एक व्यक्तिले अध्यक्ष ओलीलाई मुक्का प्रहार गर्ने प्रयास गरेका थिए। तत्काल ओ‌लीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए।

लेगुवाका महेश राईले ओलीमाथि आक्रमण प्रयास गरेका थिए। लगत्तै प्रहरीले राईलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ। एमाले अध्यक्ष ओली पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियानमा सहभागी छन्। सोही दौरान उनी धनकुटा जाने कार्यक्रम रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box