पौष ६ गते भारतको अयोध्यायमा श्रीरामको मन्दिरको भब्य रुपमा उदघाटन हुने,विश्व भरका रामभक्तहरले घरमा दिप प्रजवलित गर्न अपिल ।।

दिपक चौरसिया
बिरगंज २३ । भारत सरकारको सहयोगमा विश्व हिन्दु परिषद् र आर एस एसको समन्वयमा आगामी पौष ६ गते अर्थात २२ जनवारी २०२४ का दिन श्रीराम भगवानको मन्दिरको निर्माण भब्यरपमा उदघाटन हुने भएको छ ।

भारतको उतर प्रदेशमा रहेको अयोध्यायमा नयाँ श्रीरामको मन्दिर तयार हुन लागेको हो । रामभक्तहरुले उक्त दिन भब्य रुपमा सहभागी भएर श्रीराम भगवानको सम्पूर्ण रामभक्तहरु उपस्थित हुन अपिल समेत गरेको छ । यो भारतको अध्योध्यामा बनिरहेको श्रीरामको मन्दिर अन्तिम चरणमा पुगेको छ ।

श्री रामको जन्म भुमि अयोध्याय भएकोले उक्त दिन बिहान ११ बजेदेखि १ बजेसम्म को आफ्नो आफ्नो गाउँ, इलाका, बस्तीमा रहेको मन्दिरमा छिमेकका राम भक्तहरूलाई भेला गराई भजन-कीर्तन गर्नुहोस्। साथै (L.E.D., स्क्रिन) लगाएर, शंख बजाएर, घण्टी बजाएर, आरती गरेर, प्रसाद वितरण गरिने तथा अयोध्याको अभिषेक समारोह समाजलाई समेत देखाउने भएको छ।

विश्वभरका रामभक्तहरुले त्यो दिन आफ्नो छिमेकीहरुलाई समेत श्रीरामको मन्दिरमा उपस्थित गराएर भजन कृतन गर्न लगाउने र मठ मन्दिरहरु- गएर पुजापाठ गर्न लगाउने जस्ता कार्यक्रम रहेको छ। १०८ पटक “श्री राम जय राम जय जय राम” जप गर्नुहोस्। यसका साथै हनुमान चालिसा, सुन्दरकाण्ड, रामरक्षा स्तोत्र आदिको सामूहिक पाठ पनि गर्न सकिन्छ। सबै देवी-देवता प्रसन्न हुनेछन्, सर्वत्र वातावरण सात्विक र राममय बन्नेछ। अभिषेक समारोह दूरदर्शनले प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम समेत रहेको जनाएको छ।

नयाँ मन्दिरको प्राण-प्रतिष्ठाको दिन साँझ सूर्यास्तपछि देवताहरूलाई प्रसन्न ग्रहण पस्चात आफ्नो घरको अगाडि दीप प्रज्वलन गर्न सबै हिन्दुबासीहरुलाई अपिल गरेको छ। घर आँगनमा दिप प्रजवलित गरेर गरि विश्वका करोडौं रामभक्तहरुको घरमा उज्यालो हुनुपर्ने बताएको छ।यसरी दिप प्रजवलीले श्रीराम भक्तहरु खुशी हुने भएकोले यो जानकारी सबैलाई अपिल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.