बिरगंज १७ । कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले नारायणी अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गरिदिने भएको छ।
नेरोलेक पेन्ट जापानले ३५ लाखको लगानीमा उक्त संस्थाले वार्ड निर्माण गर्न लागेको नारायणी अस्पताल निमित्त सुपरिटेन्डेन्डन डाक्टर चित्ररन्जन साहले जानकारी दिए ।
नारायणी अस्पताललाई आधुनिक तथा सुविधा सम्पन्न गर्ने लक्ष्य अनुसार कम्तिमा २०-२५ बेड सञ्चालनका लागि नारायणी अस्पताल, वीरगंज महानगरपालिका र कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले विच आज बिधि पुर्वक त्रिपक्षिय सम्झौता भएकाे मेसु साहले बताए ।
उनका अनुसार निर्माण हुन लागेको पिएनसी वार्डमा नारायणी अस्पतालमा बच्चा जन्माउने गर्भवती र बच्चालाई राखिनेछ।
मधेस प्रदेशको सबैभन्दा पुरानो तथा जेठे अस्पतालको रुपमा रहेको यस नारायणी अस्पतालमा सेवा लिन मधेस प्रदेशको बारा,पर्सा ,रौतहट ,छिमेकी देश भारत लगायत अन्य जिल्लाहरुबाट उपचार गर्न आउने विमारीहरुलाई सुविधा सम्पन्न गर्ने योजना हाम्रो रहेको मेसु साहले बताएका छन् ।
दैनिक रुपमा आउने विमारीहरुलाई जसरी भए पनि सेवा पुराउने हाम्रो लक्ष्य रहेको र कोही विमारी यहीँबाट नर्फकियुन भन्ने उदेश्यका साथ आफुहरु अगाडि बढिरहेको बताए ।