वीरगञ्ज महानगरका प्रमुख प्रशाकीय अधिकृत पौडेलको सरुवा, मातृका भट्टराई आउँदै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलसहित ७१ जना सहसचिवको सरुवा भएको छ ।

Advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले देशका विभिन्न निकाय र कार्यालयहरूमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिकामा पौडेलको ठाउँमा मातृका भट्टराई आउने भएका छन् । पौडेललाई कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा गरिएको छ ।

वीरगञ्ज आउन लागेका भट्टराई भने यसअघि कोसी प्रदेश कै धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । 

त्यस्तै मन्त्रालयले स्किम श्रेष्ठलाई गृह मन्त्रालय, पार्वती शर्मालाई अर्थ मन्त्रालय, राजेन्द्र कुमार पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशील ढकाललाई सत्य निरूपण तथा मेलमिलाप आयोग, भरत खनाललाई गृह मन्त्रालय, उमाकान्त आचार्यलाई अख्तियार, वैकुण्ठ निधि शर्मालाई सङ्घीय मामिला तथा प्रशासन मन्त्रालय, कालीप्रसाद पाराजुलीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भगवान् अर्याललाई राष्ट्रिय योजना आयोग र आनन्द काफ्लेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै अमृत लम्साललाई अर्थ मन्त्रालय, महेश बराललाई अर्थ मन्त्रालय, प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय, शिवराम पोखरेललाई मुख्यमन्त्रीको कार्यालय सुदूरपश्चिम प्रदेश, हुमकला पाण्डेलाई मुख्यमन्त्रीको कार्यालय बागमती प्रदेश, रमेश न्यौपानेलाई आर्थिक मामिला मन्त्रालय कर्णाली प्रदेश, प्रद्युम्न प्रसाद उपाध्यायलाई लगानी बोर्ड, नमराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय, विनोदबहादुर कुँवरलाई स्वास्थ्य मन्त्रालय र ज्ञानप्रसाद ढकाललाई प्रदेश नीति तथा योजना आयोग बागमतीमा सरुवा गरिएको छ ।

त्यस्तै ऋषिराम तिवारीलाई प्रदेश लोक सेवा आयोग गण्डकी, गोविन्द कार्कीलाई पर्यटन मन्त्रालय, राजेन्द्र कुमार केसीलाई उद्योग मन्त्रालय बागमती, तीर्थराज भट्टराईलाई मुख्यमन्त्री कार्यालय गण्डकी, बलराम निरौलालाई श्रम मन्त्रालय बागमती, किरण रुपाखेतीलाई प्रधानमन्त्री कार्यालय, नरेशराज खरेललाई श्रम मन्त्रालय, पार्वती अर्याललाई राष्ट्रिय महिला आयोग, कमलबहादुर राजलवटलाई प्रदेश प्रमुखको कार्यालय बागमती र रुद्रप्रसाद लामिछानेलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।

त्यस्तै मदन कोइरालालाई चिकित्सा विज्ञान प्रतिष्ठान, दीपकुमार पहाडीलाई उद्योग मन्त्रालय, प्रकाश पौडेललाई सामाजिक विकास मन्त्रालय गण्डकी, बद्रीनाथ अधिकारीलाई प्रदेश नीति तथा योजना आयोग गण्डकी, ज्ञानेन्द्र पौडेललाई रक्षा मन्त्रालय, रामचन्द्र ढकाललाई राष्ट्रिय प्राकृतिक स्रोत आयोग, नारायणप्रसाद अर्याललाई गृह मन्त्रालय र उमेशकुमार ढकाललाई सङ्घीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box