मदन भण्डारी स्पोर्ट्स एकेडमी का लागि पर्सा का दुई खेलाड़ी छनोट

वीरगञ्ज। वीरगंज मंसिर १० गतेबाट पोखरामा आयोजना हुन लागेको केपी ओली टि– २० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको तर्फबाट खेल्न पर्साबाट दुई जना खेलाडी छानिएका छन् । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा पर्साका सम्साद अंसारी र ईमरान शेख मधेश प्रदेश टिमबाट खेल्न छानिएका हुन् ।

Advertisement

पाँच दिनसम्म पोखरामा आयोजना हुने प्रतियोगितामा देशैभरिबाट १२ वटा टिम सहभागि हुँदैछन् । ४ वटा समूहमा विभाजन गरिएको प्रतियोगिताको फाइनल खेल पोखरामै १५ गते आयोजना हुनेछ । मधेश प्रदेशसँगै नेपाल पुलिस र सुदुरपश्चिम प्रदेश तेस्रो समूह चरणमा छन् । जनकपुरका हरिशंकर साहको नेतृत्वमा रहेको मधेश प्रदेश टिमको पहिलो खेल नेपाल पुलिससँग हुनेछ । दोस्रो खेल भने ११ गते सुदुरपश्चिम प्रदेशसँग हुनेछ ।

मधेश प्रदेशका क्रिकेट प्रशिक्षक प्रकाश शर्माका अनुसार प्रतियोगिताका लागि खेलाडीहरु पूर्णतः तयार छन् । हामीसँग कुराकानी गर्दै शर्माले टिममा खेलाडीहरुको पारस्परिक सहभागिताले प्रतियोगिताको प्रबल दाबेदारको रुपमा आफूहरुकोे रहेको बताए । टिममा नयाँ खेलाडीहरुको आग्मनसँगै हरेक दृष्टिबाट टिम सम्पन्न भएका कारण जीतको सम्भावना समेत उच्च रहेको जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box