सिर्सिया नदी स्वच्छ बनाएरै छाड्ने राष्ट्रीय बजरंग दलको उद्घोष

वीरगंज । वीरगंजको लाइफलाइन सिर्सिया नदीलाई सँधै स्वच्छ बनाइ राख्न राष्ट्रिय बजरंग दल वीरगंज महानगर कमिटीले अभियान नै सुरु गर्ने भएको छ ।
स्थानीय सरकार तथा अन्य विभिन्न संघसस्थाले नदीमा भइरहेको प्रदुषण नियन्त्रणका लागि प्रयास गरेको भए पनि समाधान नभएकाले बजरंग दलले सफाईको अभियान नै सुरु गरेर स्वच्छ बनाएर मात्रै छाड्ने जनाएको हो ।

Advertisement

सिर्सिया नदी केहि बर्ष अगाडि मात्र यहाँका स्थानीयहरू यस नदीमा नुहाउदै थिए, आफ्नो प्रायः घरयासी प्रयोजनका सम्पूर्ण कार्यहरु समेत गरेको बिभिन्न स्थानिय बासी ले बिभिन्न सञ्चार माध्यमका मार्फ़त पनि जानकारी गराए का छन ।
तर बर्तमान समयमा नदीको पानी आवश्यक भन्दा बढ़ी दुषितका कारण केहि कृषि उपयोग पनि नहुने बताउछन ।

हिंदुहरुको छठ पर्बको बधाई दिदै देश बिदेशमा बस्ने सम्पूर्ण लाई बजरंग दलको तर्फले छठ पर्बको हार्दिक बधाई समेत रहने ग़री जानकारी गराए ।

धार्मिक आस्थासँग जोडिनुका साथै वीरगंजकै लाइपलाइनको रुपमा रहेको सिर्सिया नदी सुन्दर र स्वच्छ बनाउने अभियानमा स्थानीय सरकार, जनप्रतिनिधी, विभिन्न संघसंस्था तथा वीरगंज वासीको साथ आवश्यक रहेको बजरंग दलले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box