न्युजील्यान्डलाई हराउँदै भारत १२ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश

वीरगंज । आइसीसी विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको छ। न्युजील्यान्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि फाइनलमा प्रवेश गरेको हो।

Advertisement

यसअघि २०११ मा फाइनल हुँदै भारतले उपाधि कब्जा गरेको थियो। त्यसअघि भारत १९८३ मा पनि उपाधि जितेको थियो भने २००३ को फाइनलमा पराजित भएको थियो। भारत चारपटक सेमिफाइनल पुगेर यात्रा टुंग्याएको थियो।

मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा भारत दिएको ३९८ रनको विशाल लक्ष्य पाएको न्युजिल्यान्डल ७ बल अगावै अलआउट भयो। मोहम्म सामीले ७ विकेट लिँदै न्युजील्यान्डको खेललाई धरासयी बनाएका थिए। जसका कारण न्युजील्यान्ड ३२७ रनमात्र बनाउन सक्यो।

न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक १३४ रन बनाए। कप्तान केन विलियम्सनले ६९ रन र ग्लेन फिलिप्सले ४१ रन बनाएर पेभेलियन फर्किँदा अन्य खेलाडीले सम्मानजनक रन बनाउन सकेनन्। भारतका लागि मोहम्म सामीले सर्वाधिक ६ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ४ विकेटको क्षतिमा ३९७ बनाएको थियो। भारतका लागप विराटले ११७ रनको योगदान दिँदा श्रेयश लयरले १०५ रन बनाए। त्यस्तै रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १ रन बनाएर पेभेलियन फर्किए।

खुट्टामा समस्या आएपछि रिटार्यड हर्ट भएर खेल मैदान बाहिर गएका शुभम गिल अन्तिम ओभरमा पुन क्रिज आइ अविजित ८० रनको योगदान दिए भने केएल राहुल ३९ रनमा अविजित रहे।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box