वीरगन्ज। यमपञ्चककाे पाँचाै दिन आज मधेसी समुदायमा दिदी-बहिनीले आफना दाजुभाईकाे दीर्घायुकाे कामना गर्दै भईयादुज पर्ब मनाउँदैछन् ।
पहाडी समुदायमा मनाइँने भाई टिका जस्तै मधेसी समुदायका दिदी–बहिनीहरुले दाजु–भाईहरुको लामो दिर्घायुको कामना गर्दै आजका दनि यो पर्ब मनाइरहेका हुन् ।
दिदी–बहिनी तथा दाजुभाईहरु बिचको प्रेम एवं स्नेह यथावत राख्नका लागि भगवान गोबर्धन पूजाको भोलीपल्ट अर्थात आजका दिन बिहानै बिधिवत पूजा अर्चना गरि भईया दुज पर्ब मनाउने चलन मधेसी समुदायमा रहेको छ ।
दिदी–बहिनी र दाजु–भाईहरुबिचको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको भईया दुज पर्बमा दिदी–बहिनीहरुले पहिले भगवान गोवद्र्धन समक्ष श्राप दिएर आफ्ना दाजु–भाईहरुको सबै दु : ख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायूको कामना गर्दछन् ।
आजका दिन सबेरै मधेसी समुदायका महिला तथा युवतीहरुले सामुहिँक रुपमा विभिन्न स्थानमा जम्मा भई भगवान गोवर्धनको पूजा–अर्चना सँगै पारम्परिक गीत समेत गाउने गर्दछन् ।
यस दिनमा दिदी–बहिनीहरुले रेंङ्गनीको काँडाले आफ्ना जिब्रामा घोचेर आफ्ना दाजु–भाईलाई श्राप दिएर पुन : श्राप मुक्त गर्दछन् । प्राचीन काल देखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोवद्र्धन पूजा गरेर हिन्दु धर्ममा हुँने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु हुने भएकोले गीत समेत गाउँने गर्दछन् ।
गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई केराउकाे दाना र मिठाई बजडीको रुपमा खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजडी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयूको आशिर्वाद समेत दिने गर्दछन् ।
दिदी–बहिनीले बजडी खुवाएपछि दाजुभाइलेपनि आफ्नाे गच्छे अनुसारकाे उपहार दिदी-बहिनीलाई दिने चलन छ।