Post Views: 748
वीरगंज, २८ कात्तिक
वीरगंजको पशुपतिनाथ मन्दिर परिसरमा रहेको पोखरीमा यस वर्षदेखि छठ पुजाको तयारी धुमधामका साथ सुरु गरिएको छ ।
विगतका वर्षहरुमा छठघाट नहुँदा यस क्षेत्रका स्थानीय अन्यत्रै घाटमा पुग्नु पर्ने बाध्यता रहेको थियो ।
यस वर्ष भने वीरगंज महानगरपालिकाले मन्दिर परिषरमा रहेको पोखरी सौन्दर्यकरण गरेसँगै छठघाट निर्माण गरेर पुजाको तयारी अघि बढाइएको पिप्राका स्थानीय सौरभ पटेलले जानकारी दिए ।
स्थानीय बासिन्दाको आग्रह बमोजिम महानगरपालिकाले पोखरी सौन्दर्यकरण गर्नुका साथै घाट निर्माणका लागि सहयोग गरेपछि पुजाका लागि धुमधामका साथ तयारी अघि बढाइएको छ यी सम्पूर्ण कार्य गर्ने प्रमुख रबी करन साह नितेश पटेल र सौरभ पटेल को रोहबरमा हुदैछ यी जानकारी नितेश पटेल बताउँछन् ।
महानगरपालिकाले यस अघि पशुपति मन्दिर सौन्दर्यकरण गर्दै महाआरति समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
1