Post Views: 122
वीरगंज । हिन्दुहरुको महान चाँड दिपावली २०८० को अवसरमा वीरगंज वाईपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा ११ हजार दिप प्रज्वलन गरिएको छ ।
हिन्दु स्वयम सेवक संघको आव्हानमा लक्षमी पुजाको दिन भव्य दिपोत्सव अन्तर्गत ११ हजार दिप प्रज्वलन गरिएको हो ।
संघको अहृवानमा वीरगंज महानगरवासीको सहभागितामा दिपोत्सवमा आइतवार बेलुकी ८ बजे एकै पटक दिप प्रज्वलन गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ बाइपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा दिप प्रज्वलनमा सहभागी प्रत्येक परिवार एक एक व्लकमा दिप प्रज्वलन गरी ११ हजार दिप प्रज्वलन गरेका हुन ।
दिप प्रज्वलन पश्चात मन्दिर परिसर झिलमिल उत्सवमय बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0