हिन्दु स्वयम सेवक संघले दिपावलीको दिन भव्य दिपोत्सव अन्तर्गत ११ हजार दिप प्रज्वलन

वीरगंज । हिन्दुहरुको महान चाँड दिपावली २०८० को अवसरमा वीरगंज वाईपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा ११ हजार दिप प्रज्वलन गरिएको छ ।

Advertisement

हिन्दु स्वयम सेवक संघको आव्हानमा लक्षमी पुजाको दिन भव्य दिपोत्सव अन्तर्गत ११ हजार दिप प्रज्वलन गरिएको हो ।

संघको अहृवानमा वीरगंज महानगरवासीको सहभागितामा दिपोत्सवमा आइतवार बेलुकी ८ बजे एकै पटक दिप प्रज्वलन गरिएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १६ बाइपासस्थित माता बैष्णो देवी मन्दिर परिसरमा दिप प्रज्वलनमा सहभागी प्रत्येक परिवार एक एक व्लकमा दिप प्रज्वलन गरी ११ हजार दिप प्रज्वलन गरेका हुन ।

दिप प्रज्वलन पश्चात मन्दिर परिसर झिलमिल उत्सवमय बनेको थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box