नारायणी अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेसका युवा नेता धिरज गुप्ता नियुक्त

वीरगन्ज,२०कार्तिक : वीरगन्जको नारायणी अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता धिरज कुमार गुप्ता रौनयिार नियुक्त भएका छन् ।

संघ सरकार मातहत रहेको मधेस प्रदेशकै सबै भन्दा ठूलो नारायणी अस्पतालको विकास समितिको अध्यक्षमा गुप्ता नियुक्त भएका हुन् ।गुप्ता वीरगन्ज महानगरपालिका वडा नम्बर २० का स्थायीबासी हुन् ।

यहि कार्तिक १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा गुप्तालाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुगमन तथा योजना महाशाखाले जनाएको छ ।संघ सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री कांग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत छन् ।

मन्त्री बस्नेतले गुप्तालाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेका हुन् । नारायणी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३ को उपदफा (२) (क) मा भएको व्यवस्था बमोजिम अध्यक्ष पदमा गुप्तालाई तीन वर्ष पदावधी रहने गरि नियुक्त गरिएको मन्त्रालयले कार्तिक १९ गते जारी गरेको पत्रमा उल्लेख छ ।

सोमबारदेखि अस्पताल विकास समितिको अध्यक्षको कार्यभार सम्हाल्दै गुप्ताले आफनो कार्यकालमा नारायणी अस्पतालाई मधेस प्रदेशकै सुविधासम्पन्न नमूना अस्पताल बनाउने प्रतिक्रिया दिए ।मधेसखबरसंग कुरा गर्दै गुप्ताले भने,‘ बिरामी र सेवाग्राहीलाई गुणस्तरीय सहज र सुलभ उपचार उपलब्ध गराउने मेरो पहिलो प्राथमिकता रहनेछ ।यसका साथै अस्पतालमा विद्यमान विकृति र विसंगतीलाई शुन्यमा झार्ने प्रयत्नमा अहिलेदेखि नै लाग्नेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.