वीरगंज । वीरगंजमा आज फ्रेंड्स क्लब अफ वीरगंज ले कलवार धर्मशाला मा संदिप कुमार चौरसिया को अध्य्क्षता मा दिपावली छठ को शुभकामना आदान प्रदान साथै उक्त संस्था का सम्पूर्ण सदस्यहरुको शपत ग्रहण कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा का सभापति बीरेंद्र राजकंडेल हुनु हुन्थ्यो। कार्यक्रम मा विशिष्ट अतिथि का रुपमा संस्था का संस्थापक गजेन्द्र प्रसाद कलवार,विश्वमित्र कलवार भने अतिथिका रुपमा संस्था का पूर्व अध्यक्ष हरेन्द्र प्रसाद चौरसिया,बिनोद गिरी,संजय श्रीवास्तव संस्थापक कोषाध्यक्ष अवध किशोर रौनियार साथै संस्थापक सदस्यहरू मनोज गुप्ता,मनोज रौनियार,पवन केजरीवाल,मोहमद वसीम समेत को बिशेष उपस्तिथि रहेको थियो ।
कार्यक्रम मा उक्त संस्था का शुभकामना आदान प्रदान कार्यक्रम मात्र नभई शपत ग्रहण कार्यक्रम भएको हुना ले संस्था का उपाध्यक्ष बिरेन्द्र साह,सलोनी श्रीवास्तव,सचिब राज कुमार साह,सह सचिव पप्पू चौरसिया कोषाध्यक्ष शरद शंकर गुप्ता लगायत सद्स्यहरू राज कुमार तिवारी,हरेन्द्र साहकानु, लक्ष्मी कान्त साह,विजय चौरसिया,बिनोद चौरसिया, ज्ञानेन्द्र सर्राफ, चंद्रिका साह समेतको उपस्तिथिले सम्पूर्ण कार्यक्रम सम्प्पन गरियो ।
संस्था २०४८ साल मा दर्ता भई उक्त समय देखी बिभिन्न सामाजिक कार्य गरेको र समाजमा अझ बिपन्नबर्ग गरीब लाई बिभिन्न शिक्षा सेवा प्रदान गर्ने, बृक्षा रोपण कायक्रम गर्ने समेत गर्ने र आगामी दिन मा एक जुत भई अगाडि बढ़ी समाज को बिकाश मा सहयोग गर्ने समेत चर्चा गरियो ।
कार्यक्रम शपत तथा शुभकामना आदान प्रदान बारे संस्था का अध्यक्ष संदिप चौरसिया ले जानकारी दिनु भयो ।