जसपा वीरगंज १८वड़ा कमिटी गठन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १८ मा जनता समाजबादी पार्टी नेपालको वडा कमिटी गठन भएको छ ।
जसपाले संगठन चुस्त बनाउन गाउँ, टोल तथा वडा कमिटी गठन गर्दैलैजाने उद्धेश्य बमोजिम शनिबार वडा नं. १८ मा वडा कमिटी गठन भएको हो ।

Advertisement


पार्टीका नेता कार्यकर्ताको भेलाले जलेश्वर सिंहको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको जिल्ला सचिब उमेशलाल सहनीले जानकारी दिए ।
भेलामा वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारी, पार्टीका नगर अध्यक्ष ईश्वरचन्द्र यादव, जिल्ला सदस्य किशोरी महताे धानुक, युवा संघका केन्द्रीय सचिव सराेज यादव, दिपक तिवारी लगायतकाे उपस्थिति रहेकाे थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box