इन्स्टाग्रामबाट युवतीको फोटो निकाली ‘कल गर्ल’ भन्दै ‘डील’ गर्ने दुई जना पक्राउ

काठमाडौं : इन्स्टाग्रामबाट युवतीको फोटो निकाली दुरुपयोग गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो।

उनीहरूले ह्वाट्स एपमा ‘नेपाली कल गर्ल’ भन्ने ग्रुप बनाएका थिए। उक्त ग्रुपमा इन्स्टाग्रामबाट विभिन्न युवतीहरूको फोटो निकाल्ने र विभिन्न व्यक्तिहरूलाई पठाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

त्यसपछि उनीहरूले युवतीको फोटो पठाएर निश्चित पैसा र स्थान बार्गेनिङ गर्ने गरेको प्रहरीको भनाइ छ। उनीहरूले विभिन्न पुरुषहरूलाई बार्गेनिङ भएको रकममध्ये आधा पैसा पाएपछि युवतीलाई तोकिएको स्थानमा पठाउने भन्दै म्यासेज पठाउँथे। कतिपय पुरुषले उनीहरूले भनेबमोजिम आधा पैसा दिन्थे तर तोकिएको स्थानमा युवती पुग्दैनथिन्। आधा पैसा पाएपछि उनीहरूले ह्वाटसएपमा ती पुरुषलाई ब्लक गर्ने गरेको प्रहरीले जनाएको छ।

उनीहरूले कल गर्ल चाहिएमा निश्चित ह्वाटसएप नम्बर सामाजिक सञ्जालमा राखेका थिए। महिलाको फोटो छनौट गरेपछि अनलाइनमार्फत् पैसा तिर्नुपर्ने समेत सामाजिक सञ्जालको ग्रुपमा सूचना राखेका थिए। साभार अन्नपूर्ण पोस्ट

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box