प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा : ८ क्लबले भाग लिने

वीरगन्ज,१६ कार्तिक । वीरगन्जमा शनिबारदेखि सुरु हुने मधेस प्रदेशकै सबै भन्दा बढी राशी पुरस्कार भएको `प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ प्रतियोगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएको छ।

प्रतियाेगिता हुने आदर्शनगर रंगशालामै बिहीबार साँझ पत्रकार सम्मेलन गरेर आयाेजक भेट्रान सिटी क्लब वीरगन्जले कार्तिक १८ देखि २५ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएकाे जानकारी गराएकाे हाे।

पत्रकार सम्मेलनमा क्लबका महासचिव पंकज श्रेष्ठले १० हजार दर्शक अटाउने क्षमताकाे आदर्शनगर रंगशालामा ३ हजार दर्शक बस्न सक्ने क्षमताकाे अस्थायी प्याराफिटपनि निर्माण गरिएकाे बताए ।यसका साथै खेल हुने ग्राउन्ड नयाँ घाँस राेपेर तयार पारिएको जानकारी उनले दिए ।
प्रतियोगितामा सहभागी हुने नेपाल र भारतका आठ वटै टिमकाे टुंगो लगाएर खेल तालिकापनि सार्वजनिक गरी सकिएकाे श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, प्रतियोगतामा त्रिुभवन आर्मी क्लब काठमाडौं नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं,चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ. सी. झापा, आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफ.सी.आई.नर्थ जोन फुटबल टिम नाेइडाले भाग लिने भएका हुन् ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुबिन बस्नेतले वीरगन्ज महानगरपालिकाकाे मुख्य प्रायाेजनमा हुन लागेकाे प्रतियोगिताको उपाधि उपविजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।

यस्तै हरेक खेलकाे म्यान अफ दी म्याच घाेषित हुने खेलाडीलाई नगद पाँच हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियाेगिताकै सर्वाेत्कृट हुने खेलाडीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।

प्रतियोेगितामा दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैया राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क २ सय रुपैयाँ राखिएको जानकारी उनले गराए ।

वीरगन्जमा फुटबलकाे क्रेज बढाउन पाँच वर्षपछि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव श्रेष्ठले बताए ।
श्रेष्ठले भने,‘ कुनै समय वीरगन्ज फुटबलको हबका रुपमा चर्चित थियाे ।तर केहि वर्ष यता ठूला प्रतियोगिता हुन छाडेपछि वीरगन्जमा फुटबल खेल प्रतिको क्रेज घट्दै गएकाे अवस्थामा फेरी फुटबलको क्रेज बढाउनका लागि पनि यो प्रतियोगिता गर्न लागिएको हाे।

प्रतियोगिताको कूल खर्च लागत ८० लाख रुपैयाँ रहेकोमा मुख्य सहयोगी वीरगन्ज महानगरपालिकाले २५ लाख रुपैयाँ दिएको क्लबका अध्यक्ष बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.