राष्ट्रपतिले रिगललाई दिइएको आममाफी सर्वोच्चद्वारा बदर

काठमाडौं १६ कार्तिक । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा व्यक्ति हत्या आरोपमा जन्मकैद सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाह बदर गर्ने निर्णय सुनाएको छ।

Advertisement

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो।

संविधान दिवसको अवसर पारेर सरकारले ४० प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन असल रहेको भन्दै कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

राष्ट्रपतिले संविधान दिवसका अवसरमा दिइएको कैद मिनाहविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

बुधबार नै निवेदक र सरकारी पक्षको बयान सकिए पनि फैसला बिहीबार सुनाउने निर्णय भएको थियो। बिहीबार भने सर्वोच्चले सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको उक्त कैद मिनाह बदर गरिदिएको छ। यससँगै अब उनी फेरि बाँकी कैद भुक्तानका लागि थुनामा बस्नुपर्ने देखिन्छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box