पार्टी एकताको लागी एमाले अध्यक्ष ओलीको आब्हान

काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागी सवैलाई एक हुन आग्रह गरेका छन् । आज पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले एक्कासी बिनम्रता प्रकट गर्दै नेता माधवकुमार नेपाल समुहलाई आम माफी दिने घोषणा समेत गरे । लगभग एक घण्टा लामो भाषण गरेका ओलीले नेता नेपाल माथि कुनै कटाक्ष गरेनन् । उनले देश र जनताको लागी बिवाद छाडेर पार्टी एकताको लागी आब्हान गरे । बाटो बिराएर हिडेका नेताहरुको गल्तिलाई बिर्सिएर आफु मुल पार्टिमा स्वागतलागी तयार रहेको उनले बताए ।
त्यस लगत्तै बसेको केन्द्रिय कमिटी बैठकमा पनि ओलीले सोही कुरा दोह्याउदै मुल पार्टिमा समाहीत हुन आब्हान गरे । आफु पार्टि एकताको पक्षमा रहेकाले यो अभियान अन्तिम सम्म जारी रहने धारणा ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.