रूपेश सर्राफको हत्या उनकै प्रेमिका र उनका ब्वाइफ्रेण्डले गरेकाे खुलासा

बारा १४ कार्तिक । बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्या उनकै प्रेमिका र उनका ब्वाइफ्रेण्डले गरेकाे खुलासा भएकाे छ ।

Advertisement

घटनामा संलग्न एक महिलासहित ६ जना पक्राउ परेकाे र उनिहरुले दिएकाे बयानका आधारमा सर्राफकाे हत्याकाे कारण खुलेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् ।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दिदै आएका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् ।

सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।

घटना संलग्न ५ जना पुरूष र एकजना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकाको परिचय नखुलाएको प्रहरीले आज मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

साेमबार दिउँसाे १२.३० बजेतिर स्कुल नजिकै सडकमा माेटरसाइकलमा घर तर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा माेटरसाइकलमा आएका चार जना अपरिचित व्याक्तिहरुले गाेली हानेर फरार भएका थिए ।

३५ वर्षिय सर्राफकाे छाती र पेटमा गरील तीन राउन्ड गाेली लागेकाे थियाे ।गाेली लागेर घाइते भइ ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशीक अस्पतालमा पुर्याएका थिए।

त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयाेधा मेडिसटी हस्पिटलमा लगिएको थियाे ।त्यहीँ उपचारका क्रममा सर्राफकाे मृत्यु भएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box