अनुसन्धानको नाममा ब्रम्हलूट मचाए कार्यालय प्रमुख देवकोटा

बारा‌, १४ कात्तिक
बारा जिल्लाको पथलैया स्थित रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धानको नाममा ब्रम्हलूट नै मचाएको खबर प्राप्त हुन आएको छ । बारा र पर्सा जिल्लाको औद्योगिक कोरिडोरका साथै सीमाबाट हुने तस्करीका मुख्य नाइकेहरू सङ्ग समेत राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख केम प्रसाद देवकोटाको साटघाट हुनुले अनुसन्धानको नाममा ब्रम्हलूट मचाएको बाहिरिएको हो ।

Advertisement

बारा, पर्साका साथ साथै राजस्व अनुसन्धान कार्यालयको क्षेत्रमै पर्ने प्राय सबै नाकाबाट हुने तस्करीका मालसमान मिलान गराउने उदेश्यले कार्यालय प्रमुख देवकोटा र तस्करको साटघाट हुने गरेको खुलेको छ । सीमामा ओहोरात्री खटेर आफ्नो दायित्व पूरा गरिरहेका प्रहरीले अबैध मालसमान पक्राउ गरेपनि सेटिङ्गकै कारण राजस्वबाट छोडिने कार्यले ब्रम्हलूट बारे छर्लङ्ग हुन्छ ।

त्यति मात्र नभई बारा र पर्सा जिल्लामा संचालन भएको उधोगबाट समेत राजस्व अनुसन्धान कार्यालयको नामले मासिक करोडौ उठने गरेको एक उधोगपतिले नै बताउछन । उनका अनुसार राजस्व अनुसन्धान कार्यालयको प्रशासन शाखा प्रमुख मान सिंह धामिको माध्यमबाट रकम उठाउने गरेको बताईएको छ । आफ्ना काला कर्तुत लूकाउनको निम्ति प्रशासन शाखा प्रमुख कै माध्यमले चान्दा आतन्क नै मचाएको उनले दाबि गरेका छन् । उधोगीहरूले राजस्वको नाममा रकम दिन नमानेपछि उधोगलाइ नै शिल समेत गरिने धम्काउदै रकम उठाउने गरेको बताएका छन् ।

यता नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहातमा पर्ने राजस्व अनुसन्धान विभाग, राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यालय प्रमुख नै भ्रष्टाचारमा लिप्त हुनथालेपछि बिरगंज भन्सार (आइसिपि)बाट उठने राजस्व गुम्नुको साथै उधोगबाट उठने गरेको राजस्वमा समेत कमि हुन गएको हालको तथ्यांकले प्रष्ट पारेको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box