बाराको स्वर्णकार हत्या गरेको आरोपमा प्रहरीले एक जना महिला पक्राउ

बिरगंज १३ कार्तिक । बारामा प्रिन्सिपलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको कलैया निवासी एवम बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोलि हानी हत्या भएको प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरीएको छ।

Advertisement

प्रहरी स्रोतका अनुसार स्वर्णकारको गोली हानि हत्या प्रकरणका कलैया उपमहानगरपालिका– १ बस्ने एक जना महिलालाई पक्राउ गरिएको हो ।

महिलाको परिचयभ ने प्रहरीले अनुसन्धानकै क्रममा रहेकोले बताएको छैन। सोमबार दिउँसो करिब एक बजेको समयमा मोटरसाईकलमा आएका अज्ञात ब्यक्तिहरुको समुहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेका थिए।

दुई वटा मोटरसाईकलमा आएका चार जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। गोली प्रहारबाट घाइते भएका स्वर्णकारको उपचारको क्रममा वीरगञ्जको बयोद्धा अस्पतालमा मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box