बारामा अज्ञात समूहद्वारा प्रधानाध्यापक स्वर्णकारलाइ तिन राउन्ड गोलि प्रहार

बारा १३ कार्तिक । बाराको कलैया बजारमै एक ब्यक्ति माथी गोलि प्रहार भएको छ । कलैयामा अज्ञात समूहले कलैया निवासी प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको छ ।

Advertisement

बिहीबार दिउँसो बाल एकता बोर्डिङ स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले ३५ वर्षीय सर्रराफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका सर्राफ माथि अज्ञात समूहले गोली प्रहार गरेको हो । स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार गरिएको थियो ।

गोली प्रहार भएपछि उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल बिरगंजमा लगिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार स्वर्णकारको अवस्था चिन्ताजनक रहेको छ । अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् ।

स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box