करोडै ठगी गरेको आरोपमा बिट्टु वाटरका सञ्चालक गुप्ता वीरगन्जबाट पक्राउ

वीरगन्ज १३ कार्तिक: झन्डै एक करोड ठगी गरेको आरोपमा पर्सा प्रहरीले एक युवा व्यवसायीलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा बाराकाे जीतपुर घर भई हाल वीरगन्ज महानगरपालिका – ६ गितामन्दिर रोड बस्दै आएका यजत फूड नेपाल प्रा.लिका सञ्चालक बिट्टू कुमार गुप्ता रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय विर्ताको टोलीले आइतबार विर्ता क्षेत्रबाट नियन्त्रणमा लिएको हाे ।

गुप्ताले सञ्चालन गरेको यजत फूडले बिट्टू मिनिरल वाटर उत्पादन गर्छ भने पछिल्लो समय उनले आफ्नो दाइसँग मिलेर स्थापना गरेको बारा फूड एण्ड बेभरेज मार्फत २५० रिवाइन्ड इनर्जी ड्रिक पनि उत्पादन थालेका छन् ।

पर्साको बहुदरमाई नगरपालिका – ७ बस्दै आएकी सोनामति देवी गुप्ताले दिएको जाहेरीको आधारमा गुप्तालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुप्ताले सोनामतिसँग ९५ लाख रुपैयाँ ठगी गर्न खोजेका थिए।

गुप्ताले सोनामति देवीको चेकमा फर्जी सही गरेर ९५ लाख रुपैयाँ रकम भरी बैङ्क मार्फत बाउन्स गराएर ठगी गर्न खोजेको स्रोतको भनाई छ । स्रोतका अनुसार ठगीमा सोनामति देवीका नातामा नाती पर्ने एक व्यक्ति पनि संलग्न छन् । उनले नै सोनामति देवीको फर्जी सही गरेर चेक बाउन्स गराउन गुप्तालाई दिएको स्रोतको दाबी छ ।

गुप्ता हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका छन् । ठगीमा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box