सम्भावना’लाई ‘सम्भव’ बनाउने यात्रा रोकिने छैनः नगरप्रमुख

वीरगंज वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले विपक्षीहरुले आफ्नाविरुद्ध भ्रम फैलाइरहेको र यसको कानुनी उपचार खोजिने बताएका छन् । उनले आइतबार अपरान्ह सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर विपक्षी र केही संकुचित मानसिकताका पत्रकारहरुको सपना पूरा नहुने चेतावनी दिएका छन् ।

नगरप्रमुख सिंहले भनेका छन्, ‘राजनीतिक, सामाजिक प्रतिस्पर्धा गर्न नसकेर व्यक्तिगत रिस निकाल्न केही व्यक्तिले मेरोविरुद्द भ्रम फैलाइरहेका छन्, वीरगंजलाई विकास र समृद्दिको बाटोमा लैजाने मेरो एक मात्र उद्देश्य र काममा अवरोध गरी विभिन्न उल्झनमा अल्झाउँदै, समय बर्बाद पार्दै अन्ततः फेल गर्ने उद्देश्यले प्रेरित व्यक्तिहरु यो कार्यमा सक्रिय रहेको मेरो बुझाई छ । विपक्षीहरु र केही संकुचित मानसिकताका पत्रकारहरूले जतिसुकै हत्कण्डा अपनाए पनि यो सपना साकार हुनेछैन ।’

नगर प्रमुखले यस्ता भ्रामक र काल्पनिक विषयबाट विल्कुलै विचलित नहुने र ‘सम्भावना’लाई ‘सम्भव’ बनाउने आफ्नो यात्रा जारी रहने बताएका छन् । उनले भनेका छन्, ‘भ्रम फैलाउने त्यस्ता व्यक्तिविरुद्द कानुनी उपचार पक्कै हुनेछ ।’ नगरप्रमुख सिंहले विपक्षीहरुलाई अनावश्यक भ्रम फैलाउने र जालसाजी गर्ने काममा सफलता नमिल्ने चेतावनी दिँदै पत्रकारहरुलाई पनि कसैको आग्रहमा कोहीमाथि पूर्वाग्रही भएर नलेख्न अपिल गरेका छन् । समयमा सबै कुराको जवाफ दिने बताउँदै सिंहले आफूबाट कुनै बदमासी नभएको र भए सच्याएर जनतामा जान तयार रहेको दोहोर्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.