बिरगंजको मुर्लीमा रहेको प्रसिद्ध बौधीमाइ मन्दिरमा मेला सम्पन्न

बिरगंज १० कार्तिक । बिरगंजको मुर्लिमा रहेको प्रसीद बौधीमाइ मन्दिरमा मेला भव्यताको साथ आज सम्पन्न भएको छ ।

Advertisement

शुक्रबार बिरगंजको मुर्लीमा रहेको प्रसिद्ध बौधीमाइ मान्दिरको भव्यताको साथ पुजा अर्चना गरि आज सम्पन्न गरिएको थियो । लामो समये देखि बौधी माइको पुजा गरी मेला लगाउने गरिन्छ। यस पुजामा माइको डोला र कलश यत्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागितामा हरहीरनाथ मन्दीर, सातो माइ मंन्दीर, ब्रह्म बाबाको पुजा गरि बौधी माइको पुजा गर्ने गरिन्छ। यो मेला पुर्खौपू्र्खा देखि लाग्ने गरेको छ।

बिगतको दीनमा सानो मेला लग्ने गर्थ्यो तर आजको समयमा बौधी माइको पुजाले मुर्ली बासीमा आस्था र बिस्वास बढ्दै गएकोले ठुलो पुजा र कलश यत्राको साथ भब्यरुपमा लाग्ने गरिन्छ। यो मेलामा आउने श्रद्धालु भक्तजनले पुर्न श्रद्धा पुर्वक मांगेका मन्नत पुराहुने जनविश्वास बढ्दै गएको दर्शनार्थीहरुले बताउने गरेका छन्।

भाकल मध्ये दर्शनार्थीहरुको अनुसार सन्तान प्राप्ती, धन सम्पत्ति, शुख वैभव, आरोग्यता तथा सबैको कल्याण हुने जनविश्वास रहेको छ। मेलामा पिङ्ग, कुस्ती र खाने पीउने देखि नानाथरीका व्यवस्था गर्ने गरिएको छ। मेला खास गरि बिहान ८ बजे देखि बेल्का ६ बजे सम लाग्ने गर्दछ।
कलश यत्रा मा वडा अध्यक्ष सुरेश प्र. गुप्ता ले जुस र पानी को बेवास्ता गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box