यो सरकारले १८ वर्ष पुगेका सबैलाई निशुल्क खोप दिने

काठमाण्डौ ०२ श्रावण । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।
खोप आपूर्तिको समस्या समाधान गर्दै निशुल्क खोप लगाउने योजना मन्त्रालयको छ । सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहुन मन्त्रालयले अनुरोध पनि गरेको छ ।
अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ । तर त्यसमा पनि व्यापक अनियमितता भएको र केही ठाउँमा खोप केन्द्रहरू नै बन्द भएपछि मन्त्रालय यस्तो अपिल गरेको हो। मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Facebook Comments Box