पर्साबाट ४ जना अखिल क्रान्तिकारीको महाधिवेशन आयोजक समितिमा मनोनित

वीरगञ्ज ९ कात्तिक । नेपाल कम्यूनिष्ट माओवादी नेकपा केन्द्र निकट विद्यर्थी संगठन विस्तार गरिएको छ । अखिल क्रान्तिकारीको महाधिवेशनलाई लक्षित गरी केन्द्रीय आयोजक समिति विस्तार गरिएको हो । अखिल क्रान्तिकारीको काठमाडौंमा बसेको बैठकले अखिल क्रान्तिकारीको केन्द्रीय आयोजक कमिटि विस्तार गरेको हो ।

Advertisement

करिब ६ भन्दा बढीको संख्यामा रहेको अखिल क्रान्तिकारीको केन्द्रीय समितिलाई महाधिवेशनका लागि एक हजार जनाको हाराहारीमा विस्तारित गरिएको जनाइएको छ ।
विस्तारित कमिटिमा पर्साबाट पनि चार जना विद्यार्थी नेता विभिन्न पदमा मनोनित भएका छन् ।

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय उपमहसचिवमा पर्साका प्रभाकर गुप्ता केन्द्रीय सचिवमा शिवम साह, केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्षमा इश्क कुमार, केन्द्रीय सचिव तथा प्रदेश प्रमुख सचिवममा मोहम्मद जुबैर आलमलाई पदाधिकारीमा मनोनित गरेको हो ।

मनोनित भएका चारजना मध्य गुप्ता यसअघि सचिवको जिम्मेवारीमा थिए भने साहलाई केन्द्रीय सदस्य तथा विदेशविभाग उपप्रमुखको जिम्मेवारी थियो । यसैगरी इश्क कुमार केन्द्रीय स्वयंसेवक संघका संयोजकमा थिए । आलम यसअघि प्रदेश सचिवको जिम्मेवारीमा थिए । साभार: रेसखबर

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box