बिरगंजको भाटभटेनीअगाडि रहेको चर्चित लजिज बिरयानि पसल

बिरगंज ८ कात्तिक । वीरगंजमा अहिले बिरयानीका पसलहरू एकपछि अर्को खुल्दै आइ रहेको छ । बिरगंजमा चर्चामा रहेको लजिज बिरयानी पसलमा खाने हरुको घुचो लागि रहेको छ ।

हाल एउटा छुट्टै नाम र चर्चा कमाएको लजिज बिरयानी पसलले वीरगंजमा छुट्टै पहिचान बनाएपछि सोको देखासिकी अहिले सो ठाउँमा दुईवटा, मुर्लीचोकनजीक एउटा र वीरगंज बसपार्कमा समेत गरी बिरयानी पसल सञ्चालनमा आएका छन् ।
भाटभटेनीअगाडि बिरयानी पसल खुलेको र त्यहाँ पनि ठूलो लगानीमा तामझामका साथ बिरयानी पसल सञ्चालनमा आएको छ र अहिले बिरयानीका पारखीहरू सो ठाउँमा पनि पुग्ने गरेका छन् । बिरयानीकै लागि हाल आइसिपी रहेको स्थानमा पनि यसअघि नेपाली बिरयानी पारखीहरू पुग्ने गर्थे ।

अहिले वीरगंजमैं बिरयानीको एकपछि अर्को पसल खुलिरहेका छन् र खानेहरूको लर्को पनि टुटेको छैन । रु ३२० देखि ४०० प्रतिकिलोमा चिकेन बिरयानी पाइने हुनाले घरमा महँगो मरमसला प्रयोग गरी बनाउनुको साटो बिरयानी हाउसमैं गएर मानिसहरू आफ्नो शोख पूरा गर्दै आएका छन् ।

यसको बिक्री दैनिक रु ४० हजार रहेको सञ्चालक सोएब अन्सारी बताउँछन् । यो बिरयानी पसलमा १५ जना कामदार छन् । अन्सारीका अनुसार मुरादाबादी, हैदराबादी चिकेन बिरयानी, मटन बिरयानी, चिकेन दम बिरयानी, चिकेन टिक्का बिरयानी, अन्डा बिरयानी र भेज बिरयानीका परिकारसँगै बोइलर कुखुराको मासुका विभिन्न परिकार पाइन्छन् ।

भाटभटेनी अगाडि हालसमै कै ठुलो बिरयानी पसल खुलेको छ । त्यहाँ पनि ठूलो लगानीमा तामझामका साथ बिरयानी पसल सञ्चालनमा आएको छ र अहिले बिरयानीका पारखीहरू सो ठाउँमा पनि पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.