बिधालय ब्यवस्थापन समिति गठन बारे संवाद कार्यक्रम सम्पन्न

बारा ३ कात्तिक । राजनीतिकरणका कारण ओझेलमा परेको बिधालय ब्यवस्थापन समिति बारे संवाद कार्यक्रम सम्पन्न भएको छ । बिधालय ब्यवस्थापन समितिका साथै बिधालयमा अध्यण गर्ने बिद्यार्थीहरूमा समेत राजनीतिकरणका कारण थपिएको चुनौती बिषयमा बिहिवार संवाद कार्यक्रम सम्पन्न भएको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ स्थित श्री नेपाल निम्न माध्यमिक बिधालयमा सम्पन्न भएको कार्यक्रममा राजनीतिकरण कै कारण बिगत ३ सालदेखी ब्यवस्थापन समिति गठन गर्न नसकिएको व्क्ताहरूले बताएका छन । राजनीतिमा आवद्ध राजनीतिकर्मिहरूले आ-आफ्नो नजिकका ब्यक्तिलाई ब्यवस्थापन समितिका अध्यक्ष बनाउने दाउमा लागेकै कारण हालसम्म ब्यवस्थापन समितिको बैठक हुन नसकेको वक्ताहरूले बताएका थिए ।

समाजिक परिवर्तन केन्द्र बाराले आयोजना गरेको कार्यक्रममा स्थानीय युवा, वृद्ध, विभिन्न संघ संगठनका पदाधिकारीहरूका साथै विभिन्न राजनीति दलमा आवध राजनीतिकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.