वीरगञ्ज । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेकाले देश युक्रेन हुनबाट जोगिएको दाबी गरेका छन् ।
जनप्रगतिशील मञ्च बेलायतले अल्डरसर्टमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले माओवादी केन्द्र संसदमा तेस्रो दल भए पनि अहिले मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारीमा रहेको बताए । उनले माओवादी केन्द्रले सरकारको नेतृत्व गरेकाले देश युक्रेन हुनबाट बचेको दाबी गरे ।
उनले माओवादीले देशको नेतृत्व नगरेको भए नेपाल विदेशी सेनाले परेड खेल्ने ठाउँ बनिसकेको हुने बताए । ‘यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपाल विदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो । नेपाल विगतको अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त क्षेत्र बन्थ्यो,’ उनले भने ।
देश र जनताका पक्षमा काम गरेकाले माओवादीप्रति जनविश्वास बढेर गएको उनले बताए । समाजवाद स्थापना गर्न पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको गुरुङले बताए ।साभार uskhabar.com