पुर्व नगरप्रमुख घटना बारे माओबादी केन्द्र बाराको प्रेस विज्ञप्ति

वीरगञ्ज । बारा जीतपुर सिमरा उपमहानगरपालिका का पुर्व नगर प्रमुख एवं नेकपा(एमाले)मधेश प्रदेश का सचीव डा.कृष्ण पौडेलको २०८० असोज २६ गते रहस्यमय निधनले हाम्रो पार्टी स्तब्ध भएको छ।उहाँको दु:खद निधन प्रती हार्दिक श्रद्धाञ्जली एवं शोकमा रहनुभएका स-परिवार र सिंगो एमाले पार्टी पंतिप्रति गहिरो समवेदना व्यक्त गर्दछौ।
यस्तो मानवीय समवेदनाको विषयमा घटनाको गाम्भिर्यतालाई नबुझी प्रेस चौतारी नेपालमा आबद्ध पत्रकार महासंघ बाराका सदस्य एवं एभिन्युज टि.भि. बाराका सम्बादाता निजगढ वडा नं ८ निवासी पत्रकार ईन्दिप कोईरालाले आफ्नो आधिकारीक फेसबुक पोष्टमा डा.कृष्ण पौडेलको निधनमा “म यति भन्छु यो निधन होईन हत्या हो,राजनिती हत्या हो।नेकपा(माओवादी केन्द्र) यसको प्रमुख जिम्मेवार हो।अहिलेका मेयर यसको योजनाकार हुन।

“भनी किटानिको साथ लेखी नेकपा(माओवादी केन्द्र)प्रती गम्भीर आक्षेप लगाउनुको साथै हालका मेयरलाई योजनाकार भन्दै व्यक्तिगत चरित्र हत्या गर्ने ढंगले गम्भीर दोष लगाउनु एकदमै गैरजिम्मेवार र निन्दनिय छ।अझै स्टाटसमा नेतालाई दलाल र पत्रकारलाई चोर भनी लेख्नुले उहाँ कुन धरातलमा उभ्भिनु भएको हो सोचनिय छ।एउटा जिम्मेवार पत्रकार भएर बेलाबेलामा गर्ने गलत हर्कतलाई तत्काल रोक्न र उस्को पदिय जिम्मेवारीबाट मुक्त गराउनपनि पत्रकार महासंघ बारालाई गम्भीर ध्यानाकर्षण गराउदछौ।साथै यो विषयलाई लिएर संबन्धित निकायमा उजुरी परिसकेको हुँदा नेपालको प्रचलित कानुन अनुसार तत्काल कडाभन्दा कडा कार्बाहीको लागि नेपाल प्रहरीलाई प्रक्रिया अगाडी बढाउन सुचित गर्दछौ ।

अन्तमा एमाले जत्तिको जिम्मेवार पार्टीको भगिनी संघठन प्रेस चौतारीमा आबद्ध पत्रकारलाई निलम्बन गर्दै कानुनी कार्बाहिको लागि सहयोग गर्न आग्रह गर्दछौ।

पत्रकार जस्तो मर्यादित पेशाको बदनाम गर्ने र गराउने कार्य रोक्न सम्पूर्ण पत्रकार मित्रहरुमा यसै प्रेस विज्ञप्ती मार्फत अपिल गर्दछौं।
अभिवादन सहित धन्यवाद !
प्रल्हाद बुढाथोकी
बारा जिल्लाअभियान संयोजक
नेकपा(माओवादी केन्द्र)

Facebook Comments Box

समन्धित समाचार