१२ हजार महिलासँग यौनसम्पर्क गर्ने पुरुष समातिए

वीरगञ्ज। फिलिपिन्समा बसोबास गर्दा पैसा तिरेर १२ हजार महिलासँग यौनसम्पर्क गर्ने एक विद्यालयका प्रमुखलाई ती महिलामध्ये एक १३ वर्षीया बालिका पनि भएको आरोपमा प्रहरीले जापानमा पक्राउ गरेको छ ।

युहेइ ताकासिमाले आफ्नो जीवनको २७ वर्षको अवधिमा शोषण गरेका घटनाका एक लाख ५० हजार फोटो करिब ४०० किताबमा राम्रोसँग सङ्कलन गरेर राखेका छन् ।

उनले यी कुराको सम्झना कायम राख्न आफूले यी फोटोको पुस्तक बनाएको जानकारी दिए भनी जिजी प्रेसले उल्लेख गरेको छ ।

हाल ६४ वर्षका ताकासिमाले सन् १९८८ मा आफूलाई मनिलास्थित एक जापानी विद्यालयमा पठाइएपछि पैसा तिरेर यौनसम्पर्क राख्न सुरु गरेको जानकारी प्रहरीलाई दिए भनी जिजीले उल्लेख गरेको छ ।

यसपछि यी माध्यामिक विद्यालयका प्रमुखले प्रत्येक वर्ष फिलिपिन्समा यस्तो तीनवटा यौनयात्रा गर्ने गर्थे र उनले यस्ता यात्रा ६५ पटक गरेको बताएका छन् ।

उनले यस अवधिमा १२ हजारभन्दा बढी महिलासँग यौनसम्पर्क गरेको र ती महिलाको उमेर १४ देखि ७० वर्षसम्म भएको जानकारी दिए भनी एनटीभीले उल्लेख गरेको छ ।

समाचारमा यी शिक्षकको यौनयात्रा कतिसम्म लामो हुने गरेको र एक महिलासँग कतिपटक यौन सम्पर्क गरे भन्ने विषयमा जानकारी दिइएको छैन ।

उसले प्रत्येक दिन एक भन्दा बढी महिलासँग यौनसम्पर्क गरेको अनुमान गरिएको छ । ताकासिमाले आफूले यौनसम्पर्क गरेका करिब १० प्रतिशत महिला १८ वर्ष भन्दा कम उमेरको भएको जानकारी प्रहरीलाई दिए भनी जिजीले उल्लेख गरेको छ ।

ताकासिमाले मनिलामा गत वर्ष १३ वा १४ वर्षकी बालिकासँग यौनसम्पर्क गरेको भनी निजलाई पक्राउ गरिएको छ । प्रहरीले विदेशमा गरेका केही अपराधमा मुलुकभित्रै कारवाही गनसक्ने जिजीले उल्लेख गरेको छ ।साभार deshkonews.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.