पानीटंकीमा नवनिर्मित दुर्गा मन्दिरमा घटस्थापनाका दिन मूर्तीको प्राणप्रतिष्ठा गरिने

वीरगञ्ज।वीरगञ्ज महानगरपालिका वड़ा नम्बर ८ पानीटंकी टोलमा नवनिर्मितन दुर्गा मन्दिरमा यहि असोज २८ घटस्थापनाका दिन दुर्गा भवानी माताको मूर्तीको पुर्न–प्राणप्रतिष्ठा गरिने भएको छ ।

बिपिसी कलेज अगाडि नवनिर्मित मन्दिरमा यहि घटस्थापनाका दिन आइतबार भव्य रुपमा पूजापाठ गरि मूर्तीको पुर्न–प्राणप्रतिष्ठा गर्न लागिएको दुर्गापूजा समितिले जनाएको हो ।

शुक्रबार मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ताले घटस्थापनाकै दिन आइतबार बिहान भव्य कलश यात्रापनि निकालिने जानकारी गराए । यस्तै असोज ६ गते महानवमीका दिन साँझ महाआरती पनि गरिने गुप्ताले बताए ।असोज ७ गते विजयादशमीका दिन महाप्रसाद वितरण गरिने अध्यक्ष गुप्ताले बताए ।

घटस्थापना , महानवमी र विजयादशमीका दिन बेलुकी मन्दिर परिसरमै झाँकीसहितको भजनकृतन पनि गरिने पूजा समितिका अध्यक्ष सन्जय श्रीवास्तवले जानकारी दिए ।

स्थानीय समाजसेवी प्रेम टिबडेवालले पुरानो जीण मन्दिर रहेको उक्त जग्गा वीरगन्ज महानगरपालिकालाई दान दिएपछि मधेस प्रदेश सरकारको ५० लाख रुपैयाँ र वडा कार्यालयको करिब १६ लाख गरि ६६ लाख रुपैयाँको लागतमा नयाँ मन्दिर निर्माण गरिएको वडाअध्यक्ष गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.