Post Views: 185
काठमाडौं २५ असोज । गृह मन्त्रालयले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी नेतृत्व पनि परिवर्तन गरेको छ ।
गृह मन्त्रालयले बिहीबार बिहान सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई हटाएर नयाँ सिडिओ पठाएको थियो । सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेल पठाइएका थिए ।
लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाएको प्रधान कर्यालय स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0