लकडाउनले वैदेशिक रोजगार तहसनहस

काठमाण्डो ०१ साउन । वैदेशिक रोजगारको क्षेत्र पछिल्लो समय पुरै प्रभावित भएको छ । विश्व महामारी कोभिड १९ का कारण गरिएको लकडाउनले यो क्षेत्र लगभग शुन्य गतिविधिमा पुगेको हो । पहिलो लकडाउन २०७६ साल चैत्र देखि बन्द रहेको वैदेशिक रोजगार अहिले सम्म बन्दै छ ।
बिचमा केहि राष्ट्र खोले पनी त्यसले वैदेशिक रोजगारको माग थाम्न सकेन । फलस्वरुप लाखौ युवाहरुको वैदिशक यात्रा रोकिएको छ । वैदेशिक रोजगार बन्द हुदा स्वदेशमै ब्यवसाय गर्ने, बढि खेति योग्य जमिन हुने र कुनै क्षेत्रमा जागिर हुनेहरुलाई केहि प्रभाव नपरे पनि स्वदेशमै बेरोजगार रहिरहेका नेपालीको चुलो चौको बन्ध हुने अवस्था छ ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको वैदेशिक रोजगारले सुदुरका गाउघरमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । गाउमा प्राय घरैपिछेका सदस्यहरु वैदेशिक रोजगारमा छन् जस्को कारण घर चलेको हुन्छ । पछिल्लो समय भएको लामो लकडाउनले त्यस्ता वर्गलाई तहसनहस बनाएको छ । गाउमा फुसको छानोबाट जस्ताको छानो हुदै पक्कि घर सम्मको परिवर्तन वैदेशिक राजगारीको कमाईबाट भएका छन् । अधिकांस नेपालीको मासिक कमाई विदेशबाट नियमीत आउने हुदा गाउ घर देखि सहर वैदेशिक रोजगारमै प्राय निर्भर छ ।
सरकारले यस तर्फ बेलैमा ध्यान नधिए बिप्रेषणको भार थेग्न गाह्रो हुनेछ । वैदेशिक रोजगारमा जानु आफैमा राम्रो कुरा त हैन् मुलुकमा रोजगारीको स्थितिलाई हेर्दा हाल वैदेशिक रोजगारनै सुरक्षित गन्तब्य प्रायको छ ।
पछिल्लो समय बिभिन्न देशहरुले आफुले तोकेको खोप लगाए भिषा उपलब्ध गराउने बताईसकेको छ । यो अवस्थामा नेपाल सरकारले ति देशहरुले तोकेका खोपहरु उपलब्ध गराई वैदेशिक रोजगारको क्षेत्रलाई सहज बनाउन आवश्यक देखिन्छ । देशको अर्थतन्त्रलाई मजवुद बनाउन र लाखौ बेरोजगार युवाहरुलाई सुरक्षित वैदेशिक यात्राको वातावरण बनाउन अहिलेको सरकारको मुख्य जिम्मेवारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.