रोहित किर्तिमानी शतकमा भारतकाे जीत

वीरगञ्ज।वीरगञ्ज आइसिसि विश्वकप क्रिकेटमा आयाेजक भारतले लगातार दाेस्राे जीत हात पारेकाे छ ।बुधबार भएकाे खेलमा अफगानिस्तानलाई ८ विकेटको फराकिलाे अन्तरले हराउँदै भारतले प्रतियोगितामा लगातार दाेस्राे जित हात पारेकाे हाे माथि सानदार जीत हात पारेको छ ।

दिल्लीकाे अरुण जेट्ली स्टेडियममा भएकाे खेलमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु भारतले ३५ ओभरमै कृवल २ विकेट गुमाएर भेट्टाएकाे हाे ।

भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान राेहित शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । ६३ बलमा १०० रन पूरा गरेका उनी १३१ रन बनाएर आउट भए ।

यो रोहितको एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

यस्तै अफगानिस्तानविरुद्धको खेलमा विराट कोहली ५५ रनमा नट आउट रहे । ओपनर इशान किसन ४७ रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ‌ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि हसमतुल्लाह शाहिदीले ८० र अजमातुल्लाह ओमरजाईले ६२ रन बनाए ।

विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल हुनेछ ।

Facebook Comments Box

समन्धित समाचार