वीरगंज २३ असोज । वीरगंज महानगरपालिकाको वडा ३१ भेडियाहीमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको सहयोग तथा साहिब दरबार वीरगंज र वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा १२० जनाको आँखा तथा दाँत जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो । जाँच गरिएकामध्ये ४३ जनाको मोतियाविन्दुको समस्या पाइएको छ ।
मोतियाबिन्दुको समस्या देखिएकाहरुको बुधबार अस्पतालमा निशुल्क सल्यकृया गरिने अस्पतालका मेडिकल अधिकृत महेश धामीले जानकारी दिनुभयो ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा आउँदा दिनमा पनि महानगरका विभिन्न वडामा निशुल्क आँखा तथा दाँत जाँच शिविर संचालन हुने पनि मेडिकल अधिकृत धामीले बताउनुभयो । शिविरमा आएकाहरुको मेडिकल अधिकृत धामी र प्रेम घिमिरेले आँखा जाँच गर्नु भएको थियो ।
शिविरमा साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, उपाध्यक्ष प्रेमबाबु पटेल, अवधेस यादव, सुरज गुप्ता, हफिज मियाँ लगायतको सहभागिता रहेको थियो ।
.