कलैया , २२ असोज
बाराको विश्रामपुर गाउँपालिकाको कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रबि लामिछाने दाई हो भन्दै हुर्कि लगाउने गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत लामिछानेले गरेको भ्रष्टाचार बिभिन्न सँचारमाध्यममा प्रकाशन भईरहेको बेला रबि लामिछाने मेरो दाई भएकोले कसैले मेरो बारेमा लेख्दैमा वा कुरा लगाउँदा मलाई कुनै किसिमको समस्या हुने हुर्कि लगाउने गरेका छन्। साथै प्रमुख प्रशासकीय अधिकृत लामिछानेले म ईन्जिनियर हो र मेरो घर हेटौंडा हो त्यसैले कसैले मलाई केहि गर्न सक्दैनन् भनेर पनि हुर्कि लगाउने गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत लामिछाने हुर्कि लगाउदै आाफ्नो पदको दुरुपयोग समेत गर्ने गरेका छन्। लामिछानेले ब्यक्तिगत प्रयोजनको लागि मासिक ६ सय लिटर भन्दा बढी ईन्धन खर्च गर्ने गरेको समाचार नै प्रकाशन भएको छ। भने सेवाग्राहीलाई कार्यालयमा समय दिनु भन्दा आफैमा मस्त रहेने गरेको समेत समाचार प्रकाशन भईसकेको छ।
उक्त समाचारहरु प्रकाशन हुँदा प्रमुख प्रशासकीय अधिकृत लामिछानेले रवि लामिछाने दाई भएको तथा ईन्जिनियर र हेटौडा घर भएको हुर्कि देखाउने गरेको गुनासो आएको छ।
साथै प्रमुख प्रशासकीय अधिकृत लामिछाने भ्रमण पेश्कि फर्छ्यौट, कर्मचारी नियुक्ति, योजनाको भुक्तानीमा भ्रष्टाचार गरेको हुनाले केहि दिनमा नै अख्तियार दुरुपयोग अनुसंधान आयोगमा उजुरी समेत दर्ता हुने जानकारी प्राप्त भएको छ। त्यसैले सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक रहेको छ। क्रमश.