शंकराचार्यद्वारमा जडान गरिएको बत्ती चोर्ने एक जना पक्राउ

वीरगञ्ज । २२वीरगंजको शंकराचार्यद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारलाई आकर्षक बनाउन जडान गरेको बत्ति गएको शुक्रबार राति चोरी भएको थियो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बत्ति चोरी गरेर लैजाँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १ छपकैयाँका राजु मियाँ मन्सुरीका छोरा अरमान अलीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अलीलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा चलाइएको पर्साका प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।
यस अघि घण्टाघर सौन्दर्यकरणमा प्रयोग भएको बत्ति चोरी भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरि कारबाही गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.