मलंगवामा भएको घटनालाई, पीडित कृष्ण यादवले आफू हिन्दु भएकै कारण पीडित हुनु परेको छ´

काठमाडौं, असाेज १९ : सर्लाहीको मलंगवामा भएको घटनालाई, पीडित कृष्ण यादवले आफू हिन्दु भएकै कारण पीडित हुनु परेको गुनासो गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कृष्ण भगवानको मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदायहरुले ढुंगा, ईंटा हान्ने र तातोपानी, फोहोर पानी बर्साउने गरेपछि विवाद सुरुवात दाबी गर्दै अझैपनि आफूमाथि सुरक्षा चुनौति रहेकोब बताए।

मुस्लिम समुदायका केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि हिन्दुमाथि आक्रमण गरेपनि सरकारले उनीहरुलाई कारबाही नगरेर उल्टो संरक्षण गरेको उनको आरोप छ।

‘सनातनदेखि मनाइरहेको श्रीकृष्ण जन्माष्टमी पुजा गरेर मूर्ति विसर्जन गर्ने गराउने हाम्रो मिथिलाको चलन हो। सो क्रममा श्रीकृष्णको मूर्तिमाथि ढुंगा, इटा, तातोपानी, फोहोर पानी बर्साउने केही मुस्लिम अतिवादीलाई प्रहरीले आजसम्म किन समाउन सकेको छैन ?’ प्रश्न गर्दै उनले भने।

उक्त घटनापछि भदौ २३ गते त्यहाँका हिन्दु समुदायले दोषीमाथि कारबाहीको माग गर्दै बन्द गराएको उनले बताए। उक्त क्रममा विरोध प्रर्दशन भएको भएको र त्यसको केही समयपछि मलंगवा नगरपालिका पछाडि रहेको हनुमान मन्दिरको पुजारीलाई मुस्लिमहरुले ज्यान मार्ने धम्की दिएरको उनको आरोप छ।

प्रहरी प्रशासनले निश्पक्ष छानविन गरेर दोषीमाथि कारबाही गर्नुको साटोे निर्दोष सनातनी धर्मालम्वीहरुलाई नै नियन्त्रणमा लिएर अनावश्यक दुःख दिएको उनको भनाई छ।

‘हिन्दु मुस्लिम लडाउने केही मान्छे छन्। म पीडित मान्छे, मलाई कसले न्याय दिन्छ ? मलाई उल्टै प्रहरीले नै हिर्काएको छ। मैले केही गल्ती पनि गरेको छैन। मैले गल्ती नगरेरै कुटाइ खाएको छु।’ उनले भने, ‘मेरो शरीरमा कुनै अंग छैन, जहाँ मलाई कुटेको छैन। सरकारसँग म त्यही भन्न चाहन्छु– गल्ती के थियो मेरो भनिदिन पर्यो। अनि दोषीलाई कारबाही गरिनुपर्यो।’ ढुंगा हान्ने, अफवाह फैलाउने, द्वन्द्व निम्त्याउने र तरबार देखाउनेहरु खुलेआम हिँडिरहेको बेला आफूले केही नगरेपनि एक महिनादेखि लुकेर बस्नुपरेको उनको भनाई छ।

पत्रकार सम्मेलनमा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले देशको विभिन्न ठाउँमा धार्मिक द्वन्द्वको अवस्था सिर्जना भएको भन्दै त्यसमा आफ्नो ध्यानाकार्षण भएको बताए। गृह प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा सबैतिर अवस्था तनावपूर्ण बनेको उनको दाबी छ।

विगत केही समयदेखि देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्किने गतिविधि बढिरहेका छन्। पछिल्लो समय सर्लाही, धरान, नेपालगञ्जका स्थानीयले धार्मिक द्वन्द्वको पीडा झेल्नुपर्यो।

सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको विवाद अहिलेसम्म सेलाएको छैन्। गत भदौ २२ गते श्रीकृष्ण जन्माष्टमीको मूर्ति विर्सजनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो। सभार : काठमाडौं प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.