आचार्य श्रीनिवासलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा

बिरगंज १८ असोज । धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले श्रीनिवासलाई ५ सय रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।

Advertisement

सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई मंगलबार सुनसरी प्रहरीले पक्राउ गरेको थियो । आचार्य श्रीनिवासले धनुषामा बोलेको हुँदा उनलाई पक्राउ गर्न धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

सुनसरी प्रहरीले उनलाई धनुषा प्रहरीको जिम्मा लगाएपछि जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा जरिवाना गराएर छाडिएको हो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box