दिपक चौरसिया
पर्सा, १८ असोज / घुमुवा अर्थात प्रहरी संगठनको लागि चन्दा रकमको आतंक मचाउने एक गिरोह जस्तै बनेको छ । प्रहरी संगठनले घुमुवालाई अपराध नियन्त्रण, अपराधीक घटना निराकरण अर्थात घटनाको बिषय बस्तु लगायत बिषयमा समाचार संकलन र अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिनको लागि खटाइने गर्दछ । तर हालको समयमा प्रहरी संगठनका उच्च अधिकारीहरुका लागि कमाई खाने थल्लोको रुपमा घुमुवा प्रहरीहरुलाई रुपान्तरण नै गरिएको पाइन्छ ।
नेपाल र भारतको सीमा नाकाबाट अवैध कृयाकलाप बढ्नुकै मुख्य कारण घुमुवा प्रहरी नै रहेको छ । तराईका जिल्लाहरुमा आग्मन अधिकांश प्रहरी अधिकारीहरु राम्रो आम्दानीको श्रोत भएकै कारण आफ्नो पावर लगाएर भएपनि तराईका जिल्लाहरुमा आउने गर्दछन । जिल्लामा आग्मन हुनासाथ आफ्ना नजिकका दुतहरुलाई घुमुवा प्रहरीमा घोषित गर्दै परिचालन गरिन थालिन्छ । सशस्त्र प्रहरीमा त घुमुवा प्रहरी हटाउने निर्णयका साथ घुमुवा प्रहरीलाई खटाउने प्रहरी अधिकारीलाई नै कारवाही गर्न पछि नहट्ने आइजीपि राजु अर्यालले बताइसकेका छन ।
सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले संगठन प्र्रति इमान्दार बन्दै संगठनलाई अझ बलियो र सशक्त बनाउने अभियानमा लागेपनि केहि सशस्त्र प्रहरीका उच्च अधिकारीहरु संगठनलाई कमजोर र बदनाम गर्न लागि परेको देखिन्छ । पर्सा जिल्लाको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुखको रुपमा सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको आग्मनसाथ खटाइएको घुमुवा प्रहरीले गर्दा संगठनलाई बदनाम गर्नेतर्फ उच्च अधिकारी नै लागेको प्रमाणित हुन्छ ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट सशस्त्र प्रहरी हवलदार घण्श्याम परियारको नेतृत्वमा सशस्त्र प्रहरी सहायक हवलदार राजाराम पटेल सादा पोशाक अर्थात घुमुवा प्रहरीमा परिचालन हुनसाथ पर्सा जिल्लामा दर्जनौ तस्करहरु तस्करी गर्न सकृय भएका छन । पर्सा जिल्लाका नामुद तस्कर शशिकान्त, मुन्ना जैश्वाल, जयप्रकाश, राजु, टुना, संजय, सन्दिप, रुपेश, बब्लु नामक ठुला वडा तस्करहरु अवैध धन्दालाई तिब्रता दिएका छन । घुमुवा प्रहरी र तस्कर संगठनका मुख्य नाइकेहरुको मेलमिलाप भए पश्चात तस्करहरु नुनदेखि सुनसम्मको तस्करीलाई तिब्रता दिएका हुन ।
नेपाल र भारतको सीमा नाकाबाट बढ्दै गएको तस्करी र सशस्त्र प्रहरी बल नेपाललाई बदनाम गर्ने र गराउने उच्च अधिकारी प्रति सशस्त्र प्रहरी बल नेपाल संगठनका प्र्रमुख राजु अर्यालको ध्यान जान अति अवाश्यक देखिन्छ ।