सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले फेरी गर्यो पर्सामा घुमुवा परिचालन

पर्सा, १७ असोज / नेपाल र भारतको सीमा नाकामा बढ्दै गएको तस्करीको रकम उठाउन सशस्त्र प्रहरीले फेरी घुमुवा परिचालन पाइन्छ । पर्सा जिल्लाको सीमा नाकाबाट दिनहु तस्करी गर्ने तस्करका गिरोहहरु सल्बलाउन थालेपछि सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपतिले दुई जनाको समुहमा घुमुवा परिचालन गरेको पाइएको हो ।

Advertisement

पर्सा जिल्लाका दर्जनौ नामुद तस्करहरु, तस्करी गर्न सकृय रहेका छन तर नेपाल र भारतको सीमा नाका जिम्मेवारी बोकेका सशस्त्र प्रहरी बल नेपालले आर्थिक प्रलोभनमा मौन धारण नै गरेका छन । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य जिल्लाको जिम्मेवारी बोकेको एक महिना नबित्दै आईजीपि राजु अर्यालको आदेशलाई धज्जि उडाउदै दुई जनाको समुहलाई घु्मुवा नै खटाएका हुन ।

सशस्त्र प्रहरी हवलदार घण्श्याम परियार र सशस्त्र प्रहरी सहायक हवलदार राजाराम पटेललाई घुमुवा प्रहरीको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । श्रोतका अनुसार तस्करी गर्ने गिरोहहरु सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्य संग गर्ने गरेको आर्थिक लेनदेनमा घुमुवा प्रहरीले गर्दा सहज हुने गरेको कारण परिचालन गरिएको बताइन्छ । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले घुमुवा खटाउने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएपनि पर्सा जिल्लाको जिम्मेवारी बोकेको एक महिना नबित्दै सशस्त्र प्रहरी उपरीक्षक कर्मचार्यले दुई जना घुमुवा परिचालन गर्नुले संगठनको नीति निर्देशन माथि नै प्रश्ण उठ्न थालिएको बताए ।
यता पर्सा जिल्लाको सीमा नाकाबाट हुने अवैध गतिविधिहरु घुमुवा कै कारणले बढ्न थालिएको स्थानीयवासीहरु दुखेसो पोखेका छन । यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box