वडा प्रहरी कार्यालय विर्ताद्वारा भन्सार छलीका सामग्री बरामद

वीरगञ्ज । वीरगञ्ज पर्सा जिल्ला प्रहरीले वीरगञ्जबाट १ लाख २४ हजार मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ । वडा प्रहरी कार्यालय विर्ताले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ बाट भन्सार छलेर नेपाल ल्याइएको सामग्री बरामद गरेको हो ।

८६ हजार ४ सय मूल्य बराबरको १८ कार्टुन टेन्ट टेस्टी चकलेट र ३८ हजार ४ सय बराबरको कोको चकलेट ८ कार्टुुन बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।

प्रहरी निरीक्षक बोगटीका अनुसार बरामद सामग्रीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Facebook Comments Box

समन्धित समाचार