सशस्त्र प्रहरी सिराहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामद

सिरहा, १७ असोज / सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा सिरहाबाट खटिएको टोलिले मिति २०८०।०६।१६ गते बिशेष सुचनाको आधारमा जिल्ला सिरहा, सिरहा न.पा. १८ तारापट्टी ईलाकामा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी मुल्य रु ८० लाख बराबरको ७८ पोका कपडा नियन्त्रणमा लिएको छ।

Advertisement

पछिल्लो समय नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा. सिरहाले बिशेष योजना बनाई अवैध चोरी पैठारी नियन्त्रण गर्ने कार्यमा केन्द्रित भई कारवाही संचालन गर्दा सिरहा जिल्लाकै हालसम्मको ठुलो परिमाणको भन्सार छलिको अवैध कपडा नियन्त्रणमा लिन सफल भएको हो । बिगत २/४ दिन देखि सिरहा जिल्लामा राजस्व अनुसन्धान कार्यालय ईटहरी र सशस्त्र प्रहरी नं ७ गण हे.क्वा. सिरहाको संयुक्त परिचालनमा मिति २०८०।०६।१३ गते ४० लाख बराबरको कपडा र मिति २०८०।०६।१५ गते २५ लाख बराबरको कपडा बरामद गर्न सफल भएको थियो।

उक्त गणले नियन्त्रणमा लिएको सामान आबश्यक कारवाहिको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने प्रकृयामा रहेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा सिरहाले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box