वीरगञ्ज । सामाजिक सञ्जाल को एक अभिन्न अंग बर्तमान समयमा टिकटक भएको छ,उक्त टिकटोक प्लेटफर्ममा हिन्दु धर्मावलम्बीहरुलाई अभद्र गाली गलौज गर्ने युवकलाई सार्वजनिक रामधुलाई गरिएको छ ।
टिकटोकमा भए भिडियो सेयर गरी युवकले हिन्दुहरुमाथि अभद्र टिप्पणी गरेका थिए । उनले हिन्दुहरुको नाम किटान गरी “हिन्दुओँका बुनियाद हिला दुँगा” अर्थात हिन्दुहरुको अस्तित्व डगमगाईदिने जस्ता भिडियो बनाएका थिए ।
समाजिक सँजालमा सो भिडियो भाइरल बनेपछि उनलाई करिब एक महिनापछि बजरँग दलका युवकहरुले पक्राउ गरी कुटपिट गरेको हो ।
टिकटोकमा सम्प्रादायिक भिडियो हाल्ने युवकलाई मधेश प्रदेशको रौतहट जिल्लास्थित कुटपिट गरिएको हो । रौतहटको जयनगर बस्ने ती युवकलाई बजरँग दलका युवकहरुले चोकमा पक्राउ गरी कुटपिट गरेको हो ।
कुटाई खाने युवक केही दिन अगाडी समाजिक सँजालमा धार्मिक द्धन्द्ध फैलाउने खालको भिडियो हालेका थिए । सोही क्रममा बजरँग दलले उनलाई समातेर कुटपिट गरेको हो ।(साभार news bureau nepal)