दिपक चौरसिया
बिरगंज १४ असोज । नारायणी अस्पताल बिरगंजले आफ्नो स्थापनाको १३१ औ प्रथम वार्षिकोत्सव भब्य रुपमा मनाएको छ । अस्पतालले विक्रम संवत १९४७ मा तत्कालीन राणा प्रधानमन्त्रीबाट निर्णय भई २०४९ सालमा पृथ्वी वीर अस्पतालको नाममा स्थापना भएको हालको नारायणी अस्पतालले ३ शैयाबाट सेवा सुरु गरेको थियो ।
अहिले अस्पतालले आफ्नो प्रथम वार्षिकोत्सब १ सय ३१ वर्ष मनाउने क्रममा पाँच सय शैन्यको लागि पुर्वधार तयारी गरिरहेको छ । नारायणी अस्पतालले विभिन्न अवरोध पार गदै आज १३१ अौ वर्ष पार गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शनिबार एमआरआइ सेन्टर र ५० शैयाको आकस्मिक कक्ष भवनको उदघाटन गर्नु भएको थियो ।
मन्त्री बस्नेतले उदघाटन समारोहमा वीर अस्पताल पछिको यो मधेस प्रदेशको पहिलो नारायणी अस्पताल भएकोले यसलाई पुर्ण रुपमा अगाडि बढाउन आफुले अहिले सर्वोच्च अदालतमा रहेको बिचाराधिन मुद्दालाई चाडैं किनारा लगाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पाँच सय शैयको अस्पताल निर्माण भएको खण्डमा यसका लागि चाहिने जनशक्ति, पुर्वधार,ब्यवस्थापन र बजेटको सुनिश्चितता गर्ने मन्त्री बस्नेतले सो वार्षिकोत्सब समारोहमा बताउनु भएको थियो ।
नारायणी अस्पतालले हाल ३ सय ५० शैयाको सेवा दिइरहेको अस्पतालका निमित्त मेसु डा. चिततरञ्जन साहले उक्त वार्षिकोत्सब समारोहमा बताएका थिए। अस्पतालले दिनुपर्ने सेवा तथा जनशक्तिमा कुनै कमि हुन नदिने सोको लागि आफुले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी बहन गर्न तयार रहेको बताए ।
मधेस प्रदेशका जिल्लाहरुबाट लाखौंको जनसंख्या र छिमेकी देश भारत लगायत शहरहरुबाट समेत बिमारीहरु उपचार गर्न आउने गरेको र सोको लागि आवश्यक भौतिक संरचना निर्माण गर्न अति जरुरी रहेको र दक्ष जनशक्तिको अभाव हुदाँ उपचार सेवामा समस्या भएको गुनासो निमित्त मेसु साहले स्वास्थ्यमन्त्री बस्नेत सामु गुनासो पोखेका थिए।
२०७५ फागुन ३ को मन्त्रीपरिषदको निर्णय र स्वास्थ्य मन्त्रालयको २०७५ फागुन ७ को पत्र अनुसार मधेस प्रदेशमै विशिष्ट विशेषज्ञ सेवा प्रदान गर्नका लागि तत्कालीन नारायणी उपक्षेत्रीय अस्पताललाई ५ सय शैयामा स्तरोन्नत्ती गर्ने निर्णय गरी केन्द्रिय अस्पतालको रुपमा नारायणी अस्पताल नामाकरण गरिएको थियो ।
नारायणी अस्पतालमा लामो समयदेखि सेवा प्रवाह गरिरहनु भएका इमर्जेन्सी प्रमुख एवम् प्रबक्ता डाक्टर उदयनारायण सिंहलाई अस्पताल प्रशासनले दोसल्ला तथा प्रमाणपत्रले सम्मानित गरिएको थियो । उहाँले सबैभन्दा महत्त्वपूर्ण काम कोरोनाकालमा आफ्नो जिवनलाई कुनै प्रवाह नगरी दिनरात जनताको सेवामा खतेका कारण आज उहाँलाई नचिने सायद बीरगंजमा कमै होला भनेर समेत सुन्नमा आएको छ। अस्पताल प्रशासनले डा सिंह सहित नारायणी अस्पतालकका बिभागीय प्रमुखहरु तथा कर्मचारीहरु सम्मानित भएका छन ।
नारायणी अस्पतालका प्रबक्ता तथा सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले अस्पतालको लागि आवश्यक भौतिक संरचना र जनशक्ति अहिलेसम्मपनि थप नहुदाँ सेवा प्रवाहमा समस्या भइरहेको डाक्टर सिंहले स्वास्थ्य मन्त्री समुक्ष आफ्नो गुनासो सुनाएका थिए ।
डाक्टर सिंहका अनुसार, अस्पताल परिसरमैै एक अर्ब ५० करोड रुपैयाँको लागतमा थप ५ सय शैयाको भवन निर्माणका लागि पाँच वर्षपहिले नै टेण्डर आह्वान भइ प्रकृया अगाडि बढिसकेको अवस्थामा अदालतमा मुद्धा परेपछि ५ वर्षदेखि संरचना अहिलेसम्म अड्कीएर बसेको बताए । डाक्टर सिंहले भने हामी संग आवश्यक शैय नभएका कारण विमारी फर्काउन बाध्य हुनुपरेको बताएका छन् ।
उनले भने हामी उहीँ पुरानो दरबन्दी पुरानो भौतिक संरचना र पुरानो अौजार प्रयोग गर्नु पर्ने अवस्था रहेको बताए । डाक्टर सिंहले अहिले अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी ३ सय २१ जनाको दरबन्दी स्वीकृत छ । तर ती मध्ये हाल २७३ जनाको मात्र पदपूर्ती रहेकोे सिंहले बताए । चिकित्सकको मात्रै ७४ जनाको दरबन्दी स्वीकृत रहेपनि हाल अस्पतालमा ५१ जनामात्र कार्यरत रहेको र २३ जना चिकित्सकको दरबन्दी खाली नै रहेको उनले जानकारी गराए ।
यस्तै स्टाफ नर्स तर्फ ६६ जनाको दरबन्दी भएपनि हाल अस्पतालमा ५७ जनामात्र कार्यरत रहेकोपनि सिंहले बताए ।
नेपाल सरकारको १९१ र अस्पताल विकास समितिको १७० जना गरी ३५० जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।त्यसमा चिकित्सकको संख्या ८० मात्र रहेकोमा उनीहरूमध्ये अधिकांश दैनिक ज्यालादारी र करारमा रहेको सिंहले मन्त्री बस्नेतलाई जानकारी गराए ।तर अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्दै गएको र सेवाहरुपनि थपिदै गएकोले हालको जनशक्तिले थेग्न गाह्रो भइरहेको डाक्टर सिंहले बताएका छन् ।
नारायणी अस्पतालका निमित्त मेसु डाक्टर चित्ररन्जन साहको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सब कार्यक्रममा संसाद प्रदिप यादव संसाद अजय चौरसिया,प्रभु हजरा,मधेस प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री ,नगर प्रमुख राजेशमान सिंह लगायतले आ,आफ्नो धारणा एवम् सुभाव राख्नु भएको थियो ।
नारायणी अस्पतालले नगर प्रमुख राजेशमान सिंह बीरगंज उघोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल डाक्टर उदयनारायण सिंह तथा अन्य डाक्टर नर्स कर्मचारी गरेर ४७ जनालाई सम्मानित गरेको थियो । कार्यक्रमको स्वागत मनतब्य नारायणी अस्पतालका सुचना अधिकारी डाक्टर उदय नारायण सिंहले गर्नु भएको थियो भने कार्यक्रम संचालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन् ।